चोलेन्द्र पक्राउ प्रकरणमा रञ्जु दर्शनाले उठाइन् कानुनी प्रक्रियाको प्रश्न


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरिएको घटनामा कानुनी प्रक्रिया र विधि नपुगेको भन्दै असन्तुष्टि जनाएकी छन् ।

सामाजिक संजालमार्फत सांसद दर्शनाले कसुर देखिए पक्राउ गर्न पाइने तर त्यसमा सुर र ताल मिल्नुपर्ने बताएकी हुन् । उनले भनेकी छन्, ‘कसुर देखिए पक्राउ गर्न पाइन्छ भनेर कानुनमै व्यवस्था छ। तर पक्राउ गर्दा पनि सुर र ताल मिल्नैपर्छ। कसुर अदृश्य भएपनि कानुनले प्रमाण माग्छ। आरोप मात्र पर्याप्त हुँदैन, कसुर पुष्टि गर्ने आधार र प्रमाण पनि चाहिन्छ। कानुनको शासन भनेकै यही हो। अधिकार प्रयोग गर्न पाइन्छ, तर विधि र प्रमाणबिना होइन।’

उनले कुनै पनि पुस्ता वा समूहबाट जबरालाई खतरा हुन नदिनुपर्नेमा जोड दिएकी छन् ।