मनाङमा हिमपहिरोमा बेपत्ता दुई जनाको शव फेला, आठ जना अझै सम्पर्कविहीन


मनाङ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो जाँदा सम्पर्कविहीन भएका २२ जनामध्ये दुई जनाको शव निकालिएको छ । आठ जना अझै सम्पर्कमा आएका छैनन् । सशस्त्र प्रहरीकाअनुसार कैलाश हेलिकोप्टरमार्फत दुई जनाको शव उद्धार गरी प्रादेशिक अस्पताल मनाङमा ल्याइएको छ।

सम्पर्कविहीनमध्ये १२ जना फु गाउँमा सम्पर्कमा आएका छन्। बाँकी आठ जनाको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।