काठमाडौं । प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छाडेको छ । गएराति पक्राउ परेका जबरालाई प्रहरीले आइतबार छाडेको हो । शनिबार मध्यराति निवासबाट पक्राउ परेका जबरालाई परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिएका छन् ।
विना कारण जबराई पक्राउ गरिएको भन्दै विरोध भएपछि प्रहरीले सुरक्षा थ्रेट रहेकाले आफूहरुले ल्याएको बताएको थियो । तर प्रधानमन्त्री बालेन साहको दबाबमा जबरालाई पक्राउ गरिएको बताइएको छ ।
परिवारको जिम्मा लगाउनुअघि जबरालाई भेट्न कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई पनि प्रहरीले भेट्न दिएको थिएन । प्रहरी अधिकारीहरुबाट फरक फरक भनाइ आएपछि सरकारले जबरालाई पक्राउ गर्नुको कारण खुलाएको छैन ।

प्रतिक्रिया