पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ 


काठमाडौँ ।  पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महाराजगन्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो । उनीविरुद्ध परेको उजुरीको विस्तृत विवरण खुलाइएको छैन । न्यायालय नेतृत्वमा छँदा मन्त्रिपरिषद्मा भागबन्डा खोजेको लगायतका गम्भीर आरोप लागेपछि उनी व्यापक विवादमा परेका थिए।

२०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका जबराविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको थियो।