काठमाडौँ । प्रहरी वृत्त गौशालाको पुनःनिर्मित भवनको उद्घाटन गरिएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भवन उद्घाटन गरेका हुन् । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई कदरपत्र र प्रशंसापत्र प्रदान गर्दै कार्कीले सहयोगले प्रहरी र समुदायबीचको सम्बन्ध थप बलियो बनाएको बताए।
कार्यक्रममा भवन निर्माणका लागि एक लाख सहयोग गर्ने समाजसेवी भुवन आचार्यलाई प्रहरी महानिरीक्षक कार्कीले सम्मान गरेका थिए । महानिरीक्षक कार्कीले पुनर्निर्माणसँगै प्रहरी कर्मचारीलाई थप जिम्मेवार, अनुशासित, पारदर्शी र नागरिकप्रति उत्तरदायी भएर काम गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया