काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सोमबार सिंहदरबारबाट पक्राउ परेका छन् । प्रधानमन्त्रीसँगको छलफलबाट बाहिर निस्किएलगत्तै प्रहरीले उनलाई सिंहदरबारबाट पक्राउ गरेको हो ।
बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतले तामाङविरुद्ध पक्राउ पुर्जी जारी गरेका थियो । प्रहरी वृत्त दरबारमार्गले जाहेरी दरखास्त तथा बैंक विवरणबाट घटनामा तामाङको संलग्नता देखिएको भन्दै पक्राउ गरी अनुसन्धान गर्न अनुमति मागेको थियो ।
अरुण अर्यालको जाहेरीका आधारमा बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।
तामाङ ओशिन ट्रान्सपोर्ट एन्ड एडभेन्चर प्रालिका सञ्चालक रहेको प्रहरीले जनाएको छ । प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई छलफलका लागि आज बोलाएका थिए ।


प्रतिक्रिया