वीरगञ्ज । स्रोत नखुलेको भारतीय मुद्रासहित वीरगंजमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार भारु चार लाख ५० हजारसहित भारतको मोतीहारी पलानवा थाना–१० का ५५ वर्षीय अशोक कुमारलाई शनिबार पक्राउ गरिएको हो ।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले मोटरसाइकलको डिक्कीमा लुकाइएका रु ५०० दरका ८९१ थान, रु २०० दरका नोट र रु १०० दरका ४३ थान नोट बरामद गरेको उनले जानकारी दिए । उनलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया