दीपककुमार साह उद्योगमन्त्री बन्ने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद दीपक साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा सिफारिस गरिएको छ । बिहीबार गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीले साहलाई मन्त्री बनाउने भएका हुन् । साह सुनसरी–४ बाट निर्वाचित सांसद हुन् ।

यसअघि मन्त्री गौरीकुमारी यादवले उद्योगीविरुद्ध अराजक अभिव्यक्ति दिएपछि उनको आलोचना भएको थियो । त्यसपछि उनले आज पदबाट राजीनामा दिएकी हुन् ।