काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश सिंहले सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई प्रधानमन्त्रीको सचिवालयमा बोलाएर पेस्तोल भिराएको आरोप लगाएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले रेडकर्नर नोटिस जारी गर्न विभागका महानिर्देशकलाई पेस्तोल भिराएको आरोप लगाएका हुन् ।
उनले भने, ‘म यहाँ धेरै घटना उल्लेख गर्न चाहन्नँ कि सम्पत्ति शुद्धीकरणको डीजीलाई बोलाएर कसैको कन्चटमा राति १ बजे पेस्तोल भिराइन्छ र भनिन्छ कि ‘यसलाई २ घण्टाभित्र रेड कर्नर नोटिस जारी गर !’ म त्यो घटनाको पनि चर्चा गर्न चाहन्नँ कि कसरी एउटा प्रहरी प्रमुखलाई बेइज्जत गरिन्छ !’

प्रतिक्रिया