काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकारले संविधानको पालना नगरेको आरोप लगाएका छन् ।
बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन सांसद सिंहले सरकार संविधानअनुसार नचलेको आरोप लगाएका हुन् । उनले सरकारबाट संविधानको मर्ममाथि प्रहार भइरहेको बताए ।
उनले भने, ‘हामीले चुनावमा जाँदा संविधान बदल्छौं भनेका पनि थिएनौं । संविधानको मर्ममाथि प्रहार भइरहेको छ। संसदीय व्यवस्थामा प्रधानमन्त्री शासकीय व्यवस्था छ। तर, यहाँ सल्लाहकार व्यवस्थामा परिवर्तन भएको छ। सरकारको केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन बनिरहेको छ।’
उनले प्रधानमन्त्रीलाई सल्लाहकार कुमार बेनले चलाएको भन्दै आपत्ति जनाए । सरकारको केन्द्र सिंहदरबार भनेर आफूले बुझे पनि सरकारको केन्द्र ज्वागल बनेको र हुकुमी शासन चलिरहेको भन्दै आपत्ति जनाए । उनले प्रधानमन्त्रीले शासन शैली ‘गुण्डा शैली’को भएको आरोप लगाए ।
उनले भने, ‘प्रधानमन्त्री शासन व्यवस्था संविधानमा भएपनि सल्लाहकार व्यवस्था भएको छ । यो संविधानको कुन दफामा छ ? मलाई लाग्दैन उहाँको सल्लाहकार हार्वड, अक्सफोर्ड र क्याम्ब्रिज पढेको हो ।’
सांसद सिंहले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको डिजीलाई बोलाएर प्रधानमन्त्रीका सल्लाहकारले ‘कन्चटमा पेस्तोल’ देखाएको गम्भीर आरोप समेत लगाए ।
उनले भने, ‘प्रधानमन्त्री सिस्टममा प्रधानमन्त्रीलाई अधिकार हुन्छ । तर मन्त्री समाउन प्रधानमन्त्रीले पुलिस पठाउँछन् । यो सचिवालयको केही साथीहरूको कुरा सुन्दा म अचम्म पर्छु । गुण्डा शैलीको शासन संविधानले परिकल्पना गरेको छैन ।’
उनले उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको नभई उनलाई बर्खास्त गरिएको दाबी गरे । सांसद सिंहले राज्य मधेीप्रति अनुउत्तरदायी भएको भन्दै आक्रोश पोखे ।
उनले भने, ‘मैले तपाईंका लागि बोलेको थिएँ यो सरकार बनेन भने आत्मदाह गर्छु । यही ठाउँबाट भन्छु– तपाईं मधेसीलाई तवाह गर्नुहुन्छ भने तपाईंको नास लेखेको छ ।’

प्रतिक्रिया