नेपाल भलिबल लिगमा काठमाडौँको तेस्रो जित, कर्णालीको पहिलो हार


काठमाडौँ । पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग (एनभिएल) मा काठमाडौँ रेड्सले तेस्रो जित दर्ता गरेको छ । तेस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले बुधबार बेलुका भएको खेलमा कर्णाली शिवराजलाई ३–१ सेटले स्तब्ध पार्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उक्त खेलमा काठमाडौँ रेड्सले कर्णाली शिवराजलाई खुलेर खेल्न दिएन । लगातार दबाबमा राखेको काठमाडौँ रेड्सले पहिलो र दोस्रो सेट क्रमशः २८–२६ अङ्क तथा २५–१८ अङ्कले जित्यो । तेस्रो सेटमा भने कर्णाली शिवराज २५–२३ अङ्कले विजयी भयो ।

यद्यपि चौथो सेटमा काठमाडौँ रेड्सले सानदार पुनरागन गर्दै २५–२१ अङ्कको जित निकाल्यो । यो जितपछि काठमाडौँ रेड्स अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले चार खेलबाट आठ अङ्क जोडेको छ ।

तेस्रो स्थानमा रहेको कर्णाली शिवराजसँग पनि चार खेलबाट आठ अङ्क नै छ । पहिलो सेटदेखि नै सगरमाथामाथि दबाब राखेको थियो । उसले पहिलो सेट २५–१२ ले हाफ्नो पक्षमा पार्यो ।

आज नै भएको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स किंग्सले खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा हराएको थियो । यो जितपछि अन्नपूर्ण अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

एनभिएलको जारी प्रतियोगितामा अन्नपूर्ण स्पाइकर किङ्स, काठमाडौँ रेड्स, कर्णाली शिवराज, सगरमाथा स्म्यासर्स, मधेस वारियर्स र खप्तड फाल्कन्स गरी छ वटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । यही भदौ २७ गतेसम्म सञ्चालन हुने उक्त लिगको विजेता टोलीलाई २० लाख पुरस्कार रकम प्रदान गरिने आयोजक केडिया ग्रुपले जनाएको छ ।