काठमाडौँ । हालै भोटेकोसीमा आएको बाढीका कारण आपूर्ति प्रणाली प्रभावित हुँदा काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति केही असहज बनेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
मन्त्री यादवले काठमाडौं उपत्यकाभित्र मात्र लागू हुने गरी कुनै एक कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिन्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएकी हुन्।
उनले उपभोक्तालाई ग्यासको अभाव हुन नदिन तथा आपूर्ति सहज बनाउन आवश्यक समन्वय र व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्। निर्देशनविपरीत काम गर्ने ग्यास कम्पनीलाई कारबाही गरिने चेतावनीसमेत मन्त्री यादवले दिएकी छन्।

प्रतिक्रिया