काठमाडौँ । राजधानीमा जारी नेपाल भलिबल लिग (एनभिएल) मा मधेस वारियर्सले खप्तड फाल्कन्सलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा मंगलबार भएको पहिलो खेलमा मधेसले खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।
मधेसले खप्तडमाथि पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० तथा तेस्रो तथा अन्तिम सेट २५–२३ ले आफनो पक्षमा पार्यो । यो जितसँगै चार खेल खेलेको मधेसले चार अङ्क जोडेको छ ।

प्रतिक्रिया