काठमाडौं । जेनजी सहिदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ । जेनजी आन्दोलन भएको दिनको स्मरणमा जेनजी सहिद परिवार कल्याणकारी समाजद्वारा तत्कालीन सङ्घीय संसद भवन नयाँबानेश्वरमा जेनजी सहिद स्मृति दिवस समारोहमा आयोजना गरिएको छ ।
कार्यक्रममा गृहमन्त्री सुदन गुरुङ, कानुनमन्त्री सोबिता गौतम, भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, स्वास्थ्यमन्त्री निशा मेहता, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, कृषिमन्त्री गीता चौधरी लगायत कार्यक्रममा सहभागी छन् । त्यस्तै कार्यक्रममा जेनजी आन्दोलनका घाइते, सहिद परिवारहरु पनि सहभागी भएका छन् । तर कार्यक्रममा प्रधानमन्त्री बालेन साह भने उपस्थित भएका छैनन् ।








प्रतिक्रिया