काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको बाढीमा परेकामध्ये १ हजार ३५५ को शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार आज बिहान ११ बजेसम्म रसुवामा १६९, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२२ र नवलपरासी पश्चिममा २२१ शव तथा विभिन्न मानव अङ्ग फेला परेका छन्।
हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।
बाढी प्रभावित ६ हजार ६७२ जनाको उपचार गरिएको छ। तीमध्ये विभिन्न अस्पतालमा ३२३ जनाको उपचार भएकामा २२८ जना डिस्चार्ज भएका छन्। नेपाली सेनाले ३ हजार ३७९ र सशस्त्र प्रहरी बलले २ हजार ९७० जनाको उपचार गरेको छ।
प्राधिकरणका अनुसार अझै करिब ४ हजार ९९६ जना सम्पर्कविहीन छन्। रसुवा र नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणमा क्रमशः करिब १ हजार ९६७ र २ हजार ३४० नेपाली नागरिक सम्पर्कविहीन रहेको उल्लेख छ। त्यस्तै सुरक्षाकर्मी तथा कर्मचारी करिब १०० र विदेशी नागरिक करिब ५८९ जना सम्पर्कविहीन रहेका जनाइएको छ।


प्रतिक्रिया