भोटेकोसी बाढीपछि रसुवा र नुवाकोटको अवस्था(फोटोफिचर)


रसुवा । भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ । बाढीले लाङटाङ हाइड्रो आसपास, टिम्मुरे तथा रसुवागढी नाका क्षेत्रका भौतिक संरचनामा क्षति पुर्याएको छ।

अहिले बाढी प्रभावितलाई राहत सामग्री उपलब्ध गराउन रसुवाको सदरमुकाम धुञ्चेबाट जिल्लाका विभिन्न स्थानमा हेलिकप्टरमार्फत सामग्री पठाउने काम भइरहेको छ । त्यस्तै बाढीले चीनसँगको सीमा नजिकै रहेको टिम्मुरे क्षेत्रमा पनि ठूलो क्षति पुर्याएको छ। बाढीका कारण टिम्मुरे क्षेत्रका घर तथा अन्य संरचना क्षतिग्रस्त भएका छन् ।

यस्तै, रसुवागढी नाकाबाट चीनको केरुङतर्फ पनि बाढीपछि निर्माण तथा पुनर्निर्माणको काम भइरहेको छ।

तस्बिर : गोपाल दाहाल