साउदी अरबलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा


काठमाडौँ । लगातार तेस्रो जितसहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । मलेशियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आइतबार भएको खेलमा नेपालले साउदीलाई अरबलाई ५ विकेटले हराएको हो ।

साउदी अरबले दिएको १९१ रनको लक्ष्य नेपालले नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर भेटायो । नेपालका गुल्सन झाले नटआउट ४४, ईशान पाण्डेले ४०, देव खनालले ३९ रन बनाए । साउदी अरबका इश्तियाक अहमद र मुहम्मद अतिफले २/२ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब ४९ ओभर २ बलमा १९० रन बनाउँदा अलआउट भयो ।
एसीसी प्रिमियर कपमा समूह ‘ए’ मा नेपाल, बहराइन, हङकङ, मलेशिया र साउदी अरेबिया रहेका छन् । यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् । प्रतियोगिताको फाइनल खेल भदौ २७ गते हुनेछ ।