रसुवा । चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र ६ जना फसेको सूचना प्राप्त भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले आयोजनाको सुरुङभित्र ६ जना फसेको सूचना आएको भन्दै उद्धार कार्यमा सहयोग गर्न आफू घटनास्थलतर्फ जान लागेको बताएका छन् ।
न्यौपानेले उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञान कसरी उपयोग गर्न सकिन्छ भन्नेबारे जानकारी लिने, घटनास्थलको अवस्था बुझ्ने र आवश्यक सुझाव दिने बताएका छन्।
आवश्यक परेको अवस्थामा उद्धार कार्यमा प्रत्यक्ष रूपमा समेत खटिने उनले बताएका छन्।

प्रतिक्रिया