बाढीमा बेपत्ता आफ्ना नागरिकको खोज तथा उद्धारबारे बुझ्न दक्षिण कोरियाका विदेशमन्त्री काठमाडौँमा


काठमाडौँ । दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन तीनदिने औपचारिक भ्रमणका क्रममा शनिबार काठमाडौँ आइपुगेका छन् । नेपाल भ्रमणका क्रममा उनले नेपाली समकक्षी शिशिर खनालसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

भेटवार्तामा भोटेकोसी बाढीमा बेपत्ता भएका दक्षिण कोरियाली नागरिकको खोज तथा उद्धारका लागि नेपालले गरिरहेको प्रयासबारे छलफल हुने बताइएको छ । रसुवामा आएको बाढी तथा पहिरोमा जलविद्युत् आयोजना निर्माणस्थलमा कार्यरत दक्षिण कोरियाका नौ जना नागरिक बेपत्ता भएका थिए ।