काठमाडौँ । त्रिशूली थ्री ए जलविद्युत आयोजनाको सुरुङभित्र फसेकाहरुलाई उद्धार गर्न ९ दिनदेखि सुरक्षाकर्मी अहोरात्र खटिएका छन् ।
आजसम्म फसेकाहरुको उद्धार हुनेकुरा बिहीबार नै अनुमान गरिएको थियो । यसको सुइँको पाएपछि गृहमन्त्री सुदन गुरुङ आज बिहानै घटनास्थलमा पुगे । केन्द्रीय कमान्ड छाडेर त्रिशूली थ्री ’ए’ को सुरूङतिर हेलिकप्टरमा पुगेका गृहमन्त्रीले उद्धार गरिएकाहरुलाई बाहिर निकाल्दै गर्दा अक्सिजनको सिलिण्डर बोकेको भिडियो सार्वजनिक छ ।
यसअघि पनि केन्द्रीय कमाण्ड छाडेर उद्धारका लागि गृहमन्त्री फिल्ड खटिएको विषय धेरै आलोचित बनेको थियो । लामो समयसम्म सुरक्षाकर्मी र विज्ञहरुको अथक प्रयासको श्रेय लिन गृहमन्त्री यसरी जानु कति उचित हो त ?

प्रतिक्रिया