डेपुटी गभर्नर रावलले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ लिएका छन् । डेपुटी गनर्भर रावलले गभर्नर . विश्वनाथ पौडेलसमक्ष शपथ लिएका हुन् । योसँगै आजै उनले पदबहालीसमेत गरेका छन् ।

मन्त्रिपरिषद्को ३ भदौको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका हुन् । राष्ट्र बैंक ऐन, २०५८ अनुसार दुईजना डेपुटी गभर्नर रहने व्यवस्था रहेकामा यसअघि नै किरण पण्डित नियुक्त भइसकेका छन् ।

नवनियुक्त डेपुटी गभर्नर रावलले २ माघ २०६२ मा सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थिए ।