शेयर बजारमा ४ अर्ब ४० करोडको कारोबार


काठमाडौँ । बिहीबार शेयर बजार नेप्से बढेको छ । बिहीबार नेप्से ७.१७ अङ्कले बढेको हो । बिहीबार  विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, म्युचल फन्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य बढेको छ ।

आज १३२ वटा कम्पनीको शेयर बढ्दा त्यति वटै कम्पनीको शेयर घटेको छ । आज ३४५ वटा कम्पनीको ९५ लाख कित्ता शेयर ४ अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको छ ।