कर्णाली प्रदेशमा तीन मन्त्रीले लिए शपथ


सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार उनीहरूलाई शपथ खुवाएका हुन् ।

टेकराज पछाईले आर्थिक मामिला तथा योजना, जीतबहादुर मल्लले सामाजिक विकास र कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकासमन्त्रीको शपथ लिएका हुन् । उनीहरूलाई बुधबार साँझ आयोजित समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । नेकपाका मन्त्रीहरुको भने टुँगो लागेको छैन