सुशासन, सामाजिक न्याय र समृद्धिका लागि प्रधानमन्त्रीसँग मन्त्रीहरुले गरे कार्यसम्पादन सम्झौता


काठमाडौँ । प्रधानमन्त्री बालेन साहसँग मन्त्रीहरुले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मन्त्रीहरुले प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेका हुन् ।

उनीहरुसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको हो । आजै सम्माननीय प्रधानमन्त्रीसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन् ।