रास्वपा संसदीय दलको बैठक सिंहदरबारमा


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।

सभापति रवि लामिछानेले सांसदहरुले सरकारका मन्त्रीप्रति असन्तुष्टि जनाउँदै सदनमा आक्रोश व्यक्त गर्न थालेपछि बैठक बोलाएका हुन् ।

परराष्ट्रमन्त्री शिशिर खनालको जवाफप्रति चित्त नबुझेको भन्दै मंगलबार सांसद आशिका तामाङ बैठक छाडेर निस्किएकी थिइन् । त्यस्तै रास्वपाकै अन्य सांसदले पनि मन्त्रीको आलोचना गर्दै आएका छन् ।