काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले म्यादी प्रहरीका लागि लत्ताकपडा तथा जुत्ता खरिदमा भएको भनिएको भ्रष्टाचारबारे तत्काल छानबिन गर्न माग गरेका छन् ।
सांसद सुनारले सामाजिक सञ्जालमार्फत म्यादी प्रहरीको पोसाक तथा जुत्ता खरिदमा भएको भनिएको अनियमिततामाथि तत्काल छानबिन समिति गठन गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताएका हुन् ।
उनले छानबिन अघि गृहसचिव र सम्बन्धित जिम्मेवार अधिकारीलाई बर्खास्त गर्नुपर्ने मागसमेत गरेका छन् । भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न र जनमतको कदर गर्न सरकारले तत्काल कदम चाल्नुपर्ने उनको भनाइ छ ।
उनले भनेका छन्, ‘म्यादी प्रहरीको लत्ताकपडाजुत्ता खरिदमा भएको भ्रष्टाचार काण्डको उजुरी तत्काल छानबिन समिति गठन गरी दोषीउपर कारबाही जरुरी छ ! त्यसअघि गृह सचिव र आईजीपी बर्खास्त गर्न अनिवार्य छ । भ्रष्टाचारको विरुद्ध सुशासन कायम गरी जनमतको कदरको लागि यो कदम उठाउनु पर्छ । कर्मठ र गौरवशाली प्रहरी र संगठनको मनोबल उच्च राख्न केही मान्छेले गरेको बदमासीको भारी सिङ्गो संगठनलाई बोकाउनु हुँदैन । हामी दरिलो प्रहरीको पक्षमा छौं ।’
‘कर्मठ र गौरवशाली प्रहरी संगठनको मनोबल उच्च राख्न केही मान्छेले गरेको बदमासीको भारी सिङ्गो संगठनलाई बोकाउनु हुँदैन । हामी दरिलो प्रहरीको पक्षमा छौँ,’ सुनारले भनेका छन् ।
उनले म्यादी प्रहरीका लागि खरिद गरिएका सामग्रीमा अनियमितता भएको भए त्यसको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । उनले ‘जुत्ता लगाउने हो, खाने होइन’ भन्दै खरिद प्रक्रियामा भएको भनिएको भ्रष्टाचारप्रति व्यङ्ग्यसमेत गरेका छन् ।
केहीदिनअघि सार्वजनिक लेखा समितिमा सांसद सुनारले गृहसचिव र प्रहरी प्रमुख बर्खास्त गर्न माग गरेका थिए । उनको यस्तो अभिव्यक्तिपछि प्रहरी प्रमुखले सभामुखसँग पनि भेट गरेका थिए भने उनको अभिव्यक्तिको सर्वत्र विरोध भएको थियो ।खगेन्द्र सुनारले फेरि भने म्यादी प्रहरीको जुत्ता खरिदमा आईजीपीलाई बर्खास्त गर्नुपर्छखगेन्द्र सुनारले फेरि भने म्यादी प्रहरीको जुत्ता खरिदमा आईजीपीलाई बर्खास्त गर्नुपर्छ

प्रतिक्रिया