काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले महाने जनादेश पाएको सरकार एक्लो नभएको बताएका छन् ।
प्रधानमन्त्री बालेन साहले शुक्रबार मध्यराति कहिलेकाही एक्लै लड्नुपर्छ भन्दै सामाजिक संजालमा लेखेपछि शनिबार सांसद झाको यस्तो भनाई आएको हो । प्रधानमन्त्रीले लेखेका थिए, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ।’
सांसद झाले आफरुहरु सबै सरकारको साथमा रहेको तर सुधार गर्नैपर्ने केही पक्ष रहेका उल्ले गरेका छन् ।
उनले भनेका छन्, ‘परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन। हामी सबै साथमा छौँ। हिजो सदनमा भनेको झैँ, नियत र आशयमा शङ्का छैन तर सुधार गर्नैपर्ने केही पक्ष छन्। यो महान् ऐतिहासिक अवसर खेर नजाओस् भनेर सजग रहने र सचेत गराउने काम निरन्तर रहनेछ। जन निर्वाचित सरकार जनताको साथमा हुनुपर्छ र म सरकारको साथमा छु। यहाँ कोही एक्लो छैन।’
सांसद झाले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा सरकारको अलोचना गर्दै काम गर्ने ढंग नपुगेको बताएका थिए ।

प्रतिक्रिया