काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले राष्ट्रियसभा बैठकमा यसअघि प्रश्न नसोध्न दिएको धम्कीपूर्ण भाषाप्रति माफी मागेका छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा प्रश्नोत्तरमा सहभागी भएका गृहमन्त्री गुरुङले सुरुमा प्रश्न सोध्ने सांसदलाई उल्टै प्रश्न गरेका थिए ।
गृहमन्त्रीको अभिव्यक्तिलाई लिएर बैठकमा सांसदहरुले आपत्ति जनाएपछि फेरि रोष्ट्रमबाटै आफूले अलि ठाडो बोलेको भन्दै माफी मागेका हुन् ।
गृहमन्त्रीले विपदको विषयमा कुरा उठ्दा निर्मला पन्तको विषय पनि उठान भएको भन्दै यसमा तालमेलन नमिलेको बताए । उनले यस्ता विषयको अनुसन्धानकाबारेमा सदनमा छलफल गर्न नहुने बताए । उनले परिणाम आएपछि मात्रै बाहिर ल्याउनुपर्ने बताए ।
उनले भने, ‘सिक्दैछौं । मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो । यसका लागि म क्षमाप्राथी पनि छु । हजुरहरूलाई माफी पनि माग्न चाहन्छु ।’
उनले समयले आफूलाई परिपक्क बनाउँदै लैजाने र आगामी दिनमा यस्तो गल्ती नदोहोरिने बताए । उनले भने, ‘म पनि सिक्दैछु । हजुरहरु पनि सिक्दै यहाँसम्म आइपुग्नु भएको छ । आगामी दिनमा यस्तो हुनेछैन । धेरैधेरै माफी चाहन्छु ।’
त्यअघि बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले गृहमन्त्रीलाई निर्मला पन्त हत्या घटनाकाबारेमा प्रश्न गरेका थिए । तर गृहमन्त्रीले उत्तर दिनको साटो उल्दै सांसद विश्वकर्मालाई नै प्रश्न सोधेका थिए । गृहमन्त्रीको प्रश्न थियो, ‘माननीयज्यूले उठाउनु भएको विषय एकदमै सेन्सिटिभ छ । अहिलेको सरकारलाई यो भारी नबोकाउनुस् । यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु, हजुरहरू सत्तामा हुँदा खेरि किन नगर्नु भएको ?’

प्रतिक्रिया