काठमाडौँ । चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत छ ।
स्वर प्रशान्त र विज्ञानी पराजुलीको छ । गीतको भिडियोमा दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाहलगायत कलाकार छन् ।
भदौ २६ गतेबाट प्रदर्शन हुने यो चलचित्रलाई रेखा थापाले निर्देशन गरेकी छन् । चलचित्रमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडीलगायतको पनि अभिनय रहेको छ ।

प्रतिक्रिया