विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने अधिकार विभागका महानिर्देशकलाई


काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका खेटराज दाहाल (सिन्धुली)लाई मनोनयन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद्को आजको बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ समेत स्वीकृत गरेको छ ।