नेपालगन्ज । बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का ४१ वर्षीय कालु थारू, २६ वर्षका प्रकाश थारू र ३४ वर्षका बिर्जा थारूको मृत्यु भएको बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका अनुसार टयाङ्की सफा गर्ने क्रममा निस्सासिएर उनीहरूको मृत्यु भएको आशङ्का गरिएको छ ।
कोहलपुर नगरपालिका–३ शान्तिटोलस्थित दयाप्रसाद थारूको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टीटयाङ्कीमा फसेको अवस्थामा तीनै जनालाई मृतावस्थामा फेला पारिएको प्रहरीको भनाइ छ ।
प्रहरीले जेसिबीको सहायताले सेफ्टीटयाङ्की फुटाए तीनै जनाको शव आज बिहान बाहिर निकालेको थियो । मृतकको शव परीक्षणका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको छ ।

प्रतिक्रिया