नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन


काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । क्यान्सरसँग जुधिरहेका श्रेष्ठको उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । श्रेष्ठलाई केही दिनअघि पार्टीको वरिष्ठ नेता घोषणा गरिएको थियो ।

नेता श्रेष्ठको शव भोलि बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कारका लागि लगिने पार्टी कार्यलयले जनाएको छ ।