शेयर बजार ३३ अंकले घट्दा ६ अर्ब ८ करोडको कारोबार


काठमाडौँ । सोमबार शेयर बजार नेप्से उच्च अङ्कले घटेको छ । सोमबार नेप्से ३३ दशमलव २८ अङ्कले घटेको हो । आज बैंक र म्युचल फन्डबाहेक सबै समूहको उपसूचक घटेकोमा होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र व्यापार समूह २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज २३४ वटा कम्पनीको शेयर बढेकोमा ३६ वटाको घटेको छ । आज आत्मनिर्भर लघुवित्तको शेयर १३ प्रतिशतभन्दा धेरैले घटेको छ । आज ३६० वटा कम्पनीको १ करोड ३९ लाख कित्ता शेयर ६ अर्ब ८ करोड रुपैयाँमा कारोबार भएको छ ।