किन मिले ओली-दाहाल ?


ऋषि कट्टेल ।

ओली र दहालले तीन बुंदे सहमतिमार्फत प्रदेशका पाँचवटा सरकारहरु हामी मिलेर बनाउँछौ र आउँदा दिनहरुमा पनि हामी कार्यगत एकताको स्तरमा मिलेर अघि बढ्छौँ जसले पार्टी एकताको समेत वातावरण बनाओस् भन्ने आसय समेत झल्कने गरि वक्तव्य जारि गरेपछि विभन्न कोणवाट व्यापक प्रतिक्रिया आएको देखिन्छ । नेपाली कम्युनिष्ट भित्र माधव पक्ष र किराँती पक्ष, एमालेभित्र ओली विरोधी पक्ष यसबारे सकारात्मक देखिँदैनन् भने रास्वपा पक्षधरहरु भने निकै आक्रोशित र त्रसित देखिन्छन् । काँग्रेसीहरुको खासै प्रतिक्रिया देखिँदैन । सायद गगन पक्ष बेखुुसी होला र देउवापक्ष खुसी नै होला । किनकी गगन काँग्रैस प्रदेश सरकारबाट बाहिरिँदैछ ।

यो एकताको कुरा गर्दा ७४ को एकताको प्रसंग उठाउनु पनि सान्दर्भिकनै ठानेँ । ७४ को चुनाव नेकपाले बहिष्कार गर्ने निर्णय गर्यो । किनकी या संविधानलाई हामीले प्रतिक्रियावादीको हितरक्षा गर्ने जनविरोधी जाली दस्तावेज भनेर अस्वीकार गरेका छौँ । उनीहरु मिल्ने कुरा गर्ने हामी वहिष्कार गर्ने भनेपछि यसले निकै बहस गरायो । बहिष्कारको योजना लिएर म गोरखा जाँदा गोरखामा मेरा शुभचिन्तकहरु, एमाले र माओवादी केन्द्रभित्र पनि म प्रति सद्भाव राख्ने धेरै मित्रहरु छन् । सबैले एकैस्वरमा मिलेर गोरखाबाट चुनाव लड्न निकै दबाब दिए । मैले अस्वीकार गरेकोमा मित्रहरु निकै बेखुसी भए । मैले उहाँहरुलाई एउटै जवाफ दिएँ एमाले र माओवादी विसर्जदनवादमा पतन भए, उनीहरु कम्युनिष्ट हैनन् । दलाल पूँजीवादका खेताला हुन् । उनीहरुबाट देश र कम्युनिष्ट आन्दोलनले केही प्राप्त गर्दैन । उल्टो लुटतन्त्र बलियो हुन्छ । दुबै पक्ष सहमत भएनौँ आआफ्नो बाटो लाग्यौँ ।

चुनाव परिणाम आयो । झण्डै दुईतिहाई आयो । परिणाम सबैले देखे । उनीहरुको पहिलो निशाना हामी बन्यौँ । हाम्रो पार्टीको नाम कब्जा गरेर अस्तित्वविहीन बनाउन लागे । विप्लवको पार्टी माथि त प्रतिबन्धनै लगाए, व्यापक दमन गरे । उनीहरुले झुटा मुद्दा लगाएकाहरु अझै जेलमै होलान् । १२ जना भन्दा बढीको हत्यानै भयो । आखिर विदेशी मालिकको सेवा र लुटमा भागवन्डा नमिलेपछि आफैँ फुटे । उनीहरुको बीचको अन्तरविरोध शत्रुतापूर्ण बन्यो । यतिसम्म की ओलीलाई सत्तावाट लखेट्दा दाहालले खुसीयाली मनाए ।
आजफेरि उनीहरु मिल्नलागे किन ? यसको पछाछि दुई कारण छ । पहिलो आन्तरिक । प्रष्ट छ ओली र दाहालको नेतृत्व र पार्टी दुबै संकटमा छ । एकतामार्फत उनीहरु आआफ्नो नेतृत्व र पार्टीको रक्षा गर्न चान्छन् । अर्को वाह्य दिल्ली पक्ष । जेनजीमार्फत ओली मिल्काउन लागेको दिल्ली दाहाल ओली मात्र हटेनन् नेपालबाट उनीहरुले आफ्नो बर्चस्व नै गुमाए । दिल्लीले केवल राजनीतिक वर्चस्वमात्र हैन सैनिक र प्रशासनिक वर्चस्व समेत गुमायो । अब पुनःस्थापना हुने ऊ सँग अर्को शक्ति छैन । काँग्रेस उसको हातबाट गयो । मधेसी शक्ति ध्वस्त भए । यी दुईको एकताले मात्र बालेन सत्ताको प्रतिरोध गर्न सक्दछ । दिल्ली फयाक्टरको यही निष्कर्षले हामीलाई अप्रत्यासित लाग्ने एकता गरायो । यो एकताले देश कम्युनिष्ट आन्दोलनको हित गर्छ भन्नु आफैँमा हाँस्यास्पद विषय हो ।

तर यति हुँदाहुँदै पनि प्रधान अन्तर विरोधको प्रधान पक्ष बदलिएको छ । बालेनको साम्राज्यवाद परस्त कठपुतल िसैन्यवादी सरकार र नेपाली जनताको बीचको अन्तरविरोध प्रधान अन्तर विरोधको प्रधान पक्ष बनेको छ । कम्युनिष्टहरुले यही सैद्धान्तिक जगमा यिनको एकतालाई हेर्नु पर्दछ । माओले भनेका छन् टाट सामन्त क्रान्तिको मित्र बन्न सक्दछ ।