काठमाडौँ । नेपाली कांग्रेसले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले काठमाडौँ उपत्यकामा ‘ग्रिन रन’ आयोजना गरेको छ । आज बिहान आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापा लगायतका नेता–कार्यकर्ताहरु सहभागी भए ।
बीपी कोइरालाको ४४औं स्मृति दिवस विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाउने क्रममा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज ‘ग्रिन रन’ आयोजना गरेको हो । ‘जलवायु जनचेतना जगाउन जुटौं’ नाराका साथ पाँच किलोमिटर दौड आयोजना गरिएको हो ।

प्रतिक्रिया