वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राखेर बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयको निर्देशन


काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि ३७ बुँदे मार्गनिर्देशन जारी गरेको छ । सोमबार अर्थ मन्त्रालयले ३७ बुँदे निर्देशन जारी गरेको हो ।

मार्गनिर्देशनमा आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउन वित्तीय अनुशासन र मितव्ययितालाई केन्द्रमा राख्न निर्देशन दिइएको छ ।

त्यस्तै सार्वजनिक खर्चलाई मितव्ययी बनाउने नीति अनुरूप नयाँ सवारी साधन खरिद र वैदेशिक भ्रमणमा अर्थ मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य गरिएको छ। मार्गनिर्देशमा इन्धन, मसलन्द, गोष्ठी तथा अन्य प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपनाउन भनिएको छ।