फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड विश्वकपको तेस्रो स्थानमा


काठमाडौं । फ्रान्सलाई हराउँदै इंग्ल्यान्डले फिफा विश्वकप २०२६ मा तेस्रो स्थान पक्का गरेको छ । मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको हो ।  

खेलको पहिलो हाफमै इंग्ल्यान्डले ४–० को अग्रता कायम गरेको थियो । इंग्ल्यान्डका लागि पहिलो गोल डेक्लन राइसले गरे । उनले खेलको तेस्रो मिनेटमा गोल गरे । खेलको १८ औँ मिनेटमा एज्री कोन्साले गोल गरे । खेलमा बुकायो साकाले ह्याट्रिक गरे । उनले खेलको ३० औँ, ४७ औँ र ८५ औँ मिनेटमा गोल गरे ।

फ्रान्सका लागि क्लियन एम्बाप्पेले दुई गोल गरे । उनले ४७ औँ र ६६ औँ मिनेटमा गोल गरेका हुन् । जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी एम्बाप्पे बनेका छन् ।

जारी विश्वकपमा उनको गोल संख्या १० पुगेको छ । खेलको ५३ औँ मिनेटमा ब्राड्ली ब्रोकोलाले गोल गरे भने खेलको ९५ औँ मिनेटमा उसमान डेम्बेलेले गोल गर्दा नतिजा ५–४ हुनपुग्यो । खेलको ९७ औँ मिनेटमा इंग्ल्यान्डका जुड बेलिंघले गोल थप्दा नतिजा ६–४ भयो ।