नेप्सेमा उछाल, ४ अर्ब ५७ करोडको कारोबार


काठमाडौँ । शुक्रबार शेयर बजार नेप्से उच्च अङ्कले बढेको छ । शुक्रबार नेप्से ७९ दशमलव ७४ अङ्कले बढेर २ हजार ६७७ दशमलव ५४ विन्दुमा पुगेको छ ।

नेप्से लगातार चौथो दिन बढेको हो । आज म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक बढेकोमा जलविद्युत्, लगानी र उत्पादन तथा प्रशोधन समूह ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

२५९ वटा कम्पनीको शेयर बढेकोमा १३ वटाको घटेको छ । आज ३३५ वटा कम्पनीका १ करोड ३ लाख कित्ता शेयर ४ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएको छ ।