माइतीघरमा गोलभेँडा फ्याँकेर किसानको विरोध


काठमाडौँ । गालभेँडाको उचित मूल्य नपाएको भन्दै किसानहरुले सडकमा गोलभेँडा फाल्दै विरोध प्रदर्शन गरेका छन् ।

बुधबार माइतीघर मण्डलामा किसानहरूले गोलभेँडा फालेर विरोध जनाएका हुन् । उनीहरुले बिचौलियाको खेल अन्त्य गर्न, किसानहरूलाई सही बजार व्यवस्थापन गर्न र तरकारीहरूको न्यूनतम समर्थन मूल्य तोक्न माग गरेका छन् । त्यस्तै उनीहरुले कृषि बीमा लागू गर्नसमेत माग गरेका छन् ।