रास्वपाका केन्द्रीय सदस्य जैरु भन्छन्-नियुक्तिमा ‘मेरिटोक्रेसी’ होइन ‘अटोक्रेसी’ देखियो


काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य विजय जैरुले सरकारले विभिन्न सरकारी नियुक्ति योग्यताका आधारमा नगरेको बताएका छन् । सामाजिक संजाजमार्फत केन्द्रीय सदस्य जैरुले सरकारले गरिरहेका नियुक्तिमा असन्तुष्टि व्यक्त गरेका हुन् । उनले हिजो आफूहरु अटोक्रेसीविरुद्ध नारा लगाउँदै आएको भएपनि अहिले सरकारले त्यस्तै गरेको बताएका छन् ।

उनले लेखेका छन्, ‘हिजो हामी अटोक्रेसीविरुद्धको नारा लगाउँदै आज यहाँसम्म आइपुगेका हाँ । आज धेरै सरकारी संस्था होस् या ठूला ठूला नियुक्तिमा मेरिटोक्रेसी होइन अटोक्रेसी देखिन्छ । डे– वानदेखि निस्वार्थ भावनाले पार्टी बनाउन लागेकाहरुले कसरी बुझ्ने ? आफ्नाले गरेको गलतबिरुद्ध बोल्न नसक्नेहरु दास हुन् ।’