काठमाडौं । झण्डै दुई तिहाइको सरकार मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग डराएको छ । आततबा झापाबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पत्रकारहरुसँग कुरा गर्न नदिई प्रसाईँलाई प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित घरमा पुर्याएर छाडेको छ ।
आइतबार प्रसाईँले झापाबाट काठमाडौं आएपछि विमानस्थलबाटै सुकुम्बासी समस्या, आत्मदाहका घटना, गरिब तथा पीडित नागरिकको अवस्था लगायत समसामयिक राष्ट्रिय विषयमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताएका थिए ।
तर उनी विमानस्थलमा आइपुग्नासाथ काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।
त्यसपछि प्रहरीले प्रसाईँलाई आफ्नो सवारीसाधनमार्फत भक्तपुरस्थित निवास पुर्याएर छाडेको जनाएको छ । प्रहरीले निषेधित क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन वा कार्यक्रम गर्न नपाइने भएकाले सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै प्रसाईँलाई घर पुर्याएको जनाएको छ ।

प्रतिक्रिया