नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश


काठमाडौँ । नर्वेलाई पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान अमेरिकाको मियामी रङ्गशालामा भएको खेलमा इंग्ल्यान्डले नर्वेलाई २–१ गोलले हराएको हो ।

इंग्ल्यान्डको जितमा दुवै गोल जुड बेलिङ्घमले गरेका छन् । खेलको पहिलो हाफको ३६औँ मिनेटमा नर्वेका एन्ड्रियस इस्लेअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर इंग्ल्यान्डका जुड बेलिङ्घमले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा सात मिनेट इन्जुरी समय दिइएको थियो । ‘

निर्धारित ९० मिनेटमा कुनै टोलीले थप गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको ९३ औँ मिनेटमा बेलिङ्घमले इंग्ल्यान्डका लागि दोस्रो गोल गरे । सेमिफाइनलमा इंग्ल्यान्डले साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्याण्डमध्ये एकसँग खेल्नेछ ।