काठमाडौँको बुद्धनगरमा एक व्यक्तिले गरे आत्मदाहको प्रयास, अवस्था गम्भीर


काठमाडौँ । काठमाडौँको बुद्धनगरमा एक व्यक्तिले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । बुद्धनगरस्थित स्वपनबाटिकाका ४५ वर्षीय अस्विन राउत आफ्नै घरमा आत्मदाहको प्रयास गरेका हुन् ।

प्रहरीका अनुसार आज बिहान करिब ६ः१५ बजे घरमा अरु कोही नभएको बेला राउतले आफ्नै शरीरमा आगो लगाएका हुन् ।

घाइते भएका उनलाई स्थानीयको सहयोगमा वीर अस्पताल पुर्याइएको छ । उनको शरीरको करिब ५५ देखि ६० प्रतिशत भाग जलेको बताइएको छ ।

यसअघि बिहीबार आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको शुक्रबार बिहान उपचारका क्रममा मृत्यु भएको थियो ।

त्यस्तै, सर्लाहीका २५ वर्षीय विवेक मण्डलले पनि शुक्रबार शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए। उनको शरीरको ८५ प्रतिशत भाग चलेको छ । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।