अस्ट्रेलियाको समुद्री पक्षीमा एच–५ बर्ड फ्लू पुष्टि


सिड्नी । वैज्ञानिकहरूले पहिलो पटक अष्ट्रेलियाको समुद्री पक्षीमा सङ्क्रामक रोग एच –५ बर्ड फ्लू पत्ता लगाएको अष्टेलिया सरकारले शुक्रबार जनाएको छ ।

गत जुन देखि अस्ट्रेलियामा एच–५ बर्ड फ्लूको कुल १२ वटा सङ्क्रमण पुष्टि भएको र सङ्त्रमण स्थानीय वन्यजन्तुमा नभई प्रवासी समुद्री चरामा भएको जनाइएको छ ।

प्रयोगशाला परीक्षणले यो रोगले दक्षिण अस्ट्रेलियाको रोबे सहरको ग्रेटर क्रेस्टेड टर्नलाई संक्रमित गरेको पुष्टि गरेको छ ।

यद्यपि सङ्क्रमणको वृद्धि एक चिन्ताजनक अवस्था भएको कृषि मन्त्री जुली कोलिन्सले बताएका छन् । उनले हालैको एच–५ बर्ड फ्लूका सङ्क्रमणका कारण मृत्यु भएको कुनै प्रमाण नभएको होबार्टमा आयोजि पत्रकार सम्मेलनमा बताएका छन् ।

भाइरस अन्य पशु , कुखुरा पालन वा मानव समुदाय र कृषि प्रणालीहरूमा फैलिएको कुनै सङ्केत नभएकाले मानव स्वास्थ्यका लागि जोखिम कम रहेको उनले बताएका छन्। उनले प्रवासी समुद्री चराहरूसँग सम्पर्कमा रहने एक तटीय समुद्री पक्षीमा एच–५ परिक्षण सकारात्मक परीक्षण देखिएको उल्लेख गरेका हुन् ।

दक्षिण अष्ट्रेलियाको प्रान्तिय सरकारले चरा फेला परेको क्षेत्रमा “उन्नत निगरानी“ लागू गरेको उनले बताएका छन्। यस घातक रोगले अस्ट्रेलियाली जीवजन्तुहरूले सामना गर्ने जोखिमलाई थप्न सक्ने चिन्ता बढेका जनाइएको छ ।

एच–५ वंशबाट सबै भन्दा बढी प्रभावित हुने जङ्गली चराहरूमा जलपक्षी, तटीय चराहरू, समुद्री चराहरू रहेको जनाइएको छ । समुद्री जनावरका साथै अन्य जनावरहरू जस्तै बिरालो, बाख्रा, र सुँगुरहरूमा पनि रोगको सङ्क्रमण पुष्टि भएको देखिएको छ ।

अधिकारीहरूले यो रोग अन्टार्कटिकबाट बसाइँसराइ गरी आएका चराहरूबाट अष्ट्रेलियामा आएको हो कि अनेत्र बाट फैलिएको हो भन्ने विषयमा अनुसन्धान भई रहेको जनाका छन् ।