सरकारकोतर्फबाट काम ठिक ढङ्गले भएनः रञ्जु दर्शना


रञ्जु दर्शना ।

रोग, शोक र भोकमा बग्ने आसुँ झुटो हुँदैन हिजो सुकुम्बासी व्यवस्थापनको विषयमा ‘१०० दिने कार्यसूचीको’बुँदा ९१ भन्दा अघि ९२ अघि सारियो। दुध चुसाइरहेकी आमा, सुत्केरी, बृद्ध बा आमाहरूलाई पनि एकै व्यवहार नगरियोस् भनेर सदनमा पटक पटक आवाज राखेँ । सम्बन्धित निकाय पनि निवेदन गरेँ । यो काम चाहिँ सरकारकोतर्फ बाट ठिक ढङ्गले भएन ।

आज गणेश नेपालीको आत्मदाह, उनको उपचार खर्च बेहोर्नेसम्म सीमित रहन मिल्दैन । गणेश नेपाली आफैंलाई जलाउने बिन्दुसम्म किन पुगे भन्ने खोजिनुपर्छ र त्यो खोजबाट सरकारले आफ्नो काममा प्रेरणा लिनुपर्छ। एक गणेशले त भौतिक रूपमै आफूलाई जलाए तर दैनिक “मैले सकिन, मरौं कि क्या हो” भन्ने सोच आउने लाखौं युवाको लागि जीवन केही भएपनि सहज हुने नीति सरकार बाट चाहिन्छ ।

‘मैले सकिन’ भन्ने आभास कमजोर मनोबल मात्रै हुँदैन, सामाजिक–आर्थिक संरचनाको ठक्करले मानिसहरूलाई ठेल्नुसम्म ठेले पछि यथार्थबाट आएको हुन्छ। मनोपरामर्श मात्रै यो अवस्थाको समाधान होइन ! जीवनमा आधारभूत आवश्यकता पूरा हुनु मनको ठूलो सुरक्षा हुन्छ।

१०० दिनमा आमूल परिवर्तन, लाखौं रोजगारी एकैपटक सिर्जना गर्न सकिँदैन, त्यसको जग निर्माणको अध्ययन र सुरूवात गर्न मात्र सकिन्छ। जुन काम हुँदैपनि छ। सबैलाई एकैपटक खुसी बनाउन पनि सकिँदैन तर पिँधमा रहेका श्रमजीवि, गरीबहरूको रोदन भने रोक्न सकिन्छ। सरकारको ध्यान जाओस् । मैले भनेको यो कुरा सामाजिक सञ्जालको रेकर्डमा पनि बसोस् ।