काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले २३ जनालाई दोषी ठहर गरेको छ भने सातजनालाई सफाइ दिएको छ ।
मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले सातजनालाई सफाइ दिएको हो । अदालतले पूर्वमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, केशवप्रसाद दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी र आङटावा शेर्पालाई दोषी ठहर गरेको छ ।
त्यसैगरी टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल राज्यविरुद्धको कसुरमा मतियार रहेको अदालतको फैसलामा उल्लेख छ ।
यस्तो छ फैसला













प्रतिक्रिया