रास्वपाकी सांसद क्रान्तिशिखाको आक्रोशः आज सडकमा बगिरहेका सुकुम्बासीका आशुले हामी सबैलाई पोल्नुपर्छ


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले सुकुम्बासीप्रति राज्यले गरेको व्यवहारप्रति आक्रोश व्यक्त गरेकी छन् । सोमबार राति सामाजिक संजालमार्फत सांसद धितालले आज सडकमा बगिरहेका सुकुम्बासीका आशुले हामी सबैलाइ पोल्नुपर्ने बताएकी हुन् ।

सुकुम्बासी बस्तीबाट हटाएर होल्डिङ सेन्टरमा राखिएका उनीहरुलाई त्यहाँबाट पनि सरकारले हटाउन लागेपछि उनी आक्रोशित बनेकी हुन् ।

उनले भनेकी छन्, ‘आज सडकमा बगिरहेका सुकुम्बासीका आशुले हामी सबैलाई पोल्नुपर्छ । सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो। तर, के यो हाम्रो वाचापत्र अनुसार भयो ? के अभिभावकीय राज्य यस्तै हुन्छ ? जुन संवेदनशीलता, योजना र जिम्मेवारीका साथ यो कार्य अघि बढाइनुपथ्र्यो, त्यसरी भएन । यसले जम्माजम्मी राज्यको कमजोरी र असक्षमतालाई मात्र उजागर गर्यो।’

सरकारले सुकुम्बासीहरुलाई प्रतिपरिवार २५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । होल्डिङ सेन्टरमा बसिरहेका उनीहरुलाई अहिले त्यहाँबाटसमेत हट्न निर्देशन दिएको छ ।