क्यानडालाई हराउँदै मोरक्को अन्तिम आठमा


काठमाडौँ । फिफा विश्वकप फुटबलमा क्यानडालाई हराउँदै मोरक्को अन्तिम आठमा पुगेको छ । गएराति भएको खेलमा सहआयोजक क्यानडालाई ३ गोलले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा मोरक्कोका अज्जेदिन ओउनाहीले दुई तथा सुफियान रहिमीले एक गोल गरे । सातौँ पटक विश्वकप खेलिरहेको मोरक्को दोस्रो पटक क्वार्टरफाइनलमा पुगेको हो ।

साथै, दुई पटक क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी टोलीसमेत बनेको छ । पहिलो पटक अन्तिम १६ मा पुगेको क्यानडा भने हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ ।