कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य नियुक्त


काठमाडौं । नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त भएका छन् ।

प्रतिष्ठानका प्रमुख एवम् उपसभापति विश्वप्रकाश शर्माले शुक्रबार भक्तपुरका आचार्यलाई प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्त गरेका हुन् ।

पार्टी विधानको धारा ३६ (घ) बमोजिम १ साउनदेखि लागू हुने गरी आचार्यलाई कार्यकारी निर्देशक नियुक्त गरिएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।