युवराज आचार्य
१. म ‘राजनीतिक’ नियुक्तिको विरोधी होइन, ‘अनैतिक’ नियुक्तिको मात्रै । खड्ग ओली शासनमा अधिकांश नियुक्ति ‘अनैतिक’ थिए, सुशीला कार्कीका केही नियुक्ति अनैतिक थिए । त्यसैले मैले ‘आयुक्त’ र ‘बायुक्त’का दुई भेदबारे धेरै लेखेको छु ।
२. यो सरकारले गरेका कुनै नियुक्ति फेयर छन् भन्ने दाबी सर्वथा गलत छ, परीक्षामात्रै होइन वैज्ञानिक प्रयोगशालामा टेस्ट गरेर निकालिएको भएपनि, ति सबै नाटक हुन् ।
३. राजनीतिक नियुक्ति टीके नै हुन्, जुनसुकै रङ्ग पोतेपनि । नियुक्ति अघि धेरै नाटक हुन्छन्, मञ्चमा योग्यता जाँच हुन्छ, पर्दापछाडिः १. फकाउने , २. थर्काउने, ३. डोमिनेट गर्ने, ४. लोयल बनाउने, ५. कृतज्ञता व्यक्त गराउने रिहर्शल हुन्छन् ।
अनि पालो आउँछ टीका लगाउनेको, त्यो पनि कविन्द्र बुर्लाकोटीले व्यक्त गर्नु भएको मापदण्ड भित्र पर्नेलाई ।
४. टीके नियुक्ति लिनेहरूको दुई प्रष्ट क्याटगरी हुन्छः १. विन्तिपत्र हाल्ने, २. गिन्तीपत्र हाल्ने । विन्तिपत्र हाल्ने आफैँमा अनैतिक नहुन सक्छ, जस्तो किशोर थापा र यो सरकारका केही नियुक्तहरू । तर सही पदमा सही मान्छे नियुक्त नगर्ने अधिकारी चाहिँ अनैतिक नै हो, चाहे उसले छाती चिरेर निर्दोषपन देखाओस् ।
५. निष्कर्षमा, यो सरकारले पूर्ववर्ती ‘बदनाम’ भनिएका सरकारका सबै काम अनुशरण गरेको छ, राजनीतिक प्रतिशोध, नियुक्ति, सरूवा, बढुवा…..
एउटै मात्र सुनिएको छैन, त्यो हो “सेटिङ्गमार्फत भ्रष्टाचार“ । जब त्यसका एकदुई काण्ड बाहिर आउँछन्, त्यसपछि थाहा हुन्छ राम्रो चीज गन्हायो भने कस्तो हुन्छ । प्रधानमन्त्रीले विज्ञापन गरेकै कम्पनीको यो चीजको टुक्रा हेर्नुस् । गन्ध अपलोड गर्न मिल्दैन यो जुकर्वर्गको भित्तोमा, नत्र म गरिदिन्थेँ ।


प्रतिक्रिया